मायादेवी अनलाइन, चार नम्बर ।
करेन्ट लागेर कपिलवस्तुको बुद्धभूमिमा एक युवकको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेर २० मिनेट जाँदा रुखमा घाँस काट्ने क्रममा एक्कासी करेन्ट लागेर अर्घाखाँची स्थायी घर भएका बर्ष २७ का नवराज भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक भुषालले रुखको घाँस झार्दा डालो पूर्व-पश्चिम राजमार्गमा रहेको थ्रीफेजको हाइटेन्सनमा खसेको र त्यसपछि रुखमा करेन्ट आइ त्यही मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्सपेक्टर कृष्ण रानाले बताउनु भयो ।
मृतक भुषालको स्थायी घर अर्घाखाँचीको भूमिकास्थान-२ मा रहेकोमा ३ बर्षदेखि चौवन्नपुर बसोबास गर्दै आएको पनि रानाले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
रुखमा अड्किएको शवलाई भर्याङको सहायताले निकालेर पोष्ट मार्टमको लागि तौलिहवा पठाइएको पनि उहाँले जानकारी दिनुभयो । घटनाको बारेमा थप बुझ्ने काम भइरहेको पनि रानाले बताउनु भयो ।
प्रतिक्रिया