१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

पूर्वी नवलपरासीमा थप १६ र चितवनमा ५ जनामा कोरोना पुष्टि



काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर) मा थप १६ जना कोरोना संक्रमित फेला परेका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ । यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो ।
चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका बुलिङ्टारका १४ जना संक्रमित सबै पुरुषहरु हुन् । उनीहरु १८ देखि ४० वर्ष उमेर समूहका छन् ।

यस्तै गैंडाकोट नगरपालिका ३५ वर्षीय पुरुष र २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ जनामा समेत कोरोना पुष्टि भएको छ ।

यस्तै चितवनमा थप पाँच जना कोरोना संक्रमित फेला परेका छन् । माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं। २, ५, ६ र ८ मा एक–एक जना संक्रमित फेला परेका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् ।

यसैगरी भरतपुर महानगरपालिकाको वडा नं। २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रयोशाला स्रोतले अनलाइनखबरलाई बतायो ।अहिलेसम्म चितवनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ८ : ३७ बजे