११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

पछिल्लो २४ घण्टामा भारतमा १५ हजार बढी सङ्क्रमित थपिए



काठमाण्डौ ।
पछिल्लो केही हप्तादेखि भारतमा कोरोना सङ्क्रमणको दर लगातार बढिरहेको छ । भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १५ हजार चार सय १३ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्ख्या भारतमा एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण तीन सय ६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको सङ्ख्या १३ हजार दुई सय ५४ पुगेको छ ।
भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार लाख १० हजार चार सय ६१ पुगेको छ । कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २७ हजारभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७ आइतबार ००:००  २ : ३५ बजे