११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

पाकिस्तानमा कोरोेना संक्रमितको संख्या एक लाख नाघ्यो



एजेन्सी ।
पाकिस्तानमा आइतबार बिहानसम्म एक लाख ७१ हजार ६६६ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन हजार ३४२ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितमध्ये ६३ हजार ५०४ जना निको भइ घर फर्किएका छन् ।
पाकिस्तानमा प्रति १० लाख जनसंख्या बराबर ७७८ जना कोभिड–१९ संक्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । पाकिस्तानमा आइतबारसम्म १० लाख ८२ हजार ७८७ व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको छ ।
पाकिस्तानको बढी प्रभावित प्रान्तहरूमध्ये सिन्ध प्रान्तमा सबैभन्दा बढी ६५ हजार १६३, पञ्जाबमा ६४ हजार २१६, इस्लामावादमा १० हजार २७९ र बलुचिस्तानमा नौ हजार १६२ संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७७ आइतबार ००:००  २ : २५ बजे