६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

प्रिमियर लिग : आर्सनलको लगातार दोस्रो हार



काठमाडौं ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ ।

शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनल २-१ गोल अन्तरले पराजित भएसँगै लगातार दोस्रो हार व्यहोर्न बाध्य भएको हो ।

यसअघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । ब्राइटनसँगको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यो अग्रता ७ मिनेटभन्दा बढी टिक्न सकेन ।

खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्ज्युरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २(१ को जीत दिलाए ।

यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ । ब्राइटन भने ३२ अंकसहित लिगको १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ असार २०७७ आइतबार ००:००  ६ : १६ बजे