११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

नेपालमा कोरोना संक्रमित पुगे आठ हजार छ सय पाँच



काठमाडौं ।
शनिबार कोरोनाभाइरसका तीन सय ३१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सात हजार चार सय १६ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमित भेटिएका हुन् ।

‘४९ जना महिला र दुई सय ८२ जना पुरूष गरी तीन सय ३१ जना संक्रमित भेटिएका छन्,’ गौतमले भने ।

गौतमका अनुसार काठमाडौंकी एक जना महिलामा पनि कोरोना देखिएको छ । योसँगै कोरोनाबाट शनिबारसम्म संक्रमित हुनेको संख्या आठ हजार छ सय पाँच पुगेको छ । जसमध्ये महिला सात सय ५६ जना छन् भने पुरूष सात हजार आठ सय ४९ जना रहेको उनले बताए ।

७४ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् ।

कोरोना निको भएर शनिबार एक सय ७६ जना घर फर्किएका छन् ।

शुक्रबारसम्म नेपालमा आठ हजार दुई सय ७४ कोरोनाका विरामी थिए ।

कोरोनाबाट अहिलेसम्म २२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन नभएको गौतमले बताए ।

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  ४ : ३९ बजे