एजेन्सी ।
ब्रुनो फर्नान्डिसको पेनाल्टी गोलसंगै म्यान्चेष्टर युनाईटेड प्रिमियर लिग फुटबलमा टोटेनहमसंग बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युनाईटेडले टोटेनहमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
खेलको अन्तिम समयमा फर्नान्डिसको पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई हारबाट जोगाएका थिए र महत्वपूर्ण अंक दिलाएका थिए ।
डिसेम्बर २६ पछि पहिलो पटक पाउल पोग्बा मैदानमा देखिएका थिए । उनी करिब ६ महिना मैदानमा देखिएनन् । उनले खुट्टाको सल्यक्रिया गरेका थिए । उनी वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा राम्रो प्रभाव जमाएका थिए ।
स्टेभन बर्गविन्जनले २७ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । स्टेभनको कडा प्रहार युनाईटेडका गोलकिपर डेविड गियाले ठम्याउनै सकेनन् ।
टोटेनहमको बन्द रंगशालामा फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई बराबरीमा ल्याएका थिए ।
युनाईटेडका गोलकिपर डी गियाले सन ह्युङ मिनेका प्रहारलाई उत्कृष्ट ढङ्गले बचाउ गरेका थिए । युनाईटेडका एन्थोनी मार्टियलले दोस्रो हाफमा गरेका प्रहारलाई टोटेनहमका गोलकिपर ह्युगो लोरिसले बचाउ गरेका थिए ।
युनाईटेड ४६ अंक सहित लिगको पाँचौ स्थानमा रह्यो । उसले आठौं स्थानको टोटेनहमसंग चार अंकको अग्रता लियो । पछिल्लो नतिजासंगै युनाईटेड च्याम्पियन्स लिगको छनोटको दौडमा कमजोर बनेको छ ।
अर्को खेलमा साउथ ह्याम्टनले नर्विच सिटीलाई ३–० ले हरायो । पाहुना टोलीको जितमा ड्यानी ईङ्स, स्टुआर्ड आर्मस्ट्रङ, नाथन रेडमोन्डले विजयी गोल गरे ।
तालिकाको पुछारमा रहेको नर्विच रेलिगेशनमा जाने सम्भावना बढेको छ । साउथ ह्याम्टन ३७ अंक जोड्दै तालिकाको १३ औं स्थानमा छ ।
प्रतिक्रिया