एजेन्सी ।
ब्राजिलमा कोभिड–१९ (कोरोना) संक्रमितको संख्या १० लाख नाघेको छ। त्यहाँ अहिलेसम्म १० लाख ३२ हजार ९१३ जना संक्रमित भेटिएका छन्। संक्रमितमध्ये ४८ हजार ९५४ जनाले ज्यान गुमाएका छन्।
ब्राजिलमा अमेरिकापछि कोरोनाको सबैभन्दा खराब असर देखिएको छ । संक्रमित र ज्यान गुमाउनेको संख्या हेर्दा ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा छ। १० लाखभन्दा बढी कोराना संक्रमित भेटिएको दोस्रो मुलुक पनि ब्राजिल नै बनेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै ब्राजिलमा ५४ हजार नयाँ संक्रमित थपिएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार लगातार चौथो दिन पनि ब्राजिलमा एक हजार २०० भन्दा बढी संक्रमितको ज्यान गएको छ ।
विशेषज्ञहरूले अझै पर्याप्त परीक्षण नभएको र महामारीले उग्ररूप लिन बाँकी नै रहेको चेतावनी दिएका छन् ।
प्रतिक्रिया