एजेन्सी ।
कोरोना भाइरसमाथि जित हासिल गरिरहेको मानिएको दक्षिण कोरियामा फेरि संक्रमण बढ्न थालेको छ । शुक्रबार दक्षिण कोरियामा ४९ जना नयाँ संक्रमित फेला परेका छन् ।
यसका साथै दक्षिण कोरियामा संक्रमितको संख्या १२ हजार ३ सय ६ पुगेको छ । राजधानी सोल तथा आसपासका क्षेत्रमा संक्रमण धेरै पाइएको छ ।
दक्षिण कोरियाका स्वास्थ्यमन्त्रीले संक्रमण फेरि बढ्न नदिनका लागि सामाजिक दूरी कायम गर्न कडा चेतावनी जारी गरेका छन् ।
५ असार २०७७ शुक्रबार ००:००
प्रतिक्रिया