१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना कहरः भारतमा पछिल्लो २४ घण्टामा १३ हजार बढी सङ्क्रमित



काठमाण्डौ ।
भारतमा कोरोना सङ्क्रमणको दर लगातार बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ८६ जनामा सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एकैदिन सङ्क्रमित हुने यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । त्यस्तै पछिल्लो २४ घण्टामा तीन सय ३६ जनाको मृत्यु भएको छ । भारतमा अब कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन लाख ८० हजार पाँच सयभन्दा धेरै भएको छ ।
सङ्क्रमितमध्ये दुई लाख चार हजार सात सय १० जना उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणको कारण १२ हजार पाँच सय ७३ जनाको मृत्यु भइसकेको छ ।
भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ मात्रै एक लाख २० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै तमिलनाडुमा ५२ हजारभन्दा धेरै, दिल्लीमा ४९ हजारभन्दा धेरै र गुजरातमा २५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  २ : ०१ बजे