१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गण्डकी प्रदेशमा एकैदिन ५६ जनामा कोरोना संक्रमण



पोखरा ।
गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो अहिलेसम्मकै उच्च संख्या हो। स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जारी गरेको विज्ञप्तिअनुसार नयाँ कोरोना संक्रमितसहित संक्रमितको संख्या ३ सय ८० पुगेको छ । शुक्रबार पर्वतका ५ जना स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशक शर्माले जानकारी दिइन्। कोरोना संक्रमित नभेटिएको अहिलेसम्म मुस्ताङ जिल्लामात्रै रहेको छ।

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  १ : ३७ बजे