७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

राजापानीमा वाणगंगाकै पहिलो जिउँदो माछा पसल सञ्चालन



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगामा पहिलो पटक जिउँदो माछा पसल सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको वडा नं. ३ राजापानीमा रहेको रौतार मल्टी एग्रो फर्मले नगरमै पहिलो पटक जिउँदो माछा पसल सञ्चालनमा ल्याएको हो ।

सफा पानी र सफा बधशालाको व्यवस्थाका साथमा पसल सञ्चालनमा ल्याईएको सञ्चालक परशुराम रौतारले बताउनुभयो । ग्राहकले पसलबाट आफैले रोजेको माछा लैजान सक्ने व्यवस्था पनि मिलाइएको रौतारको भनाई छ ।

विभिन्न जातको माछा रहेको पसलमा विवाह, पार्टीमा वेवी फिसको व्यवस्थाका साथै होम डेलिभरीको व्यवस्था रहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा जोनको कार्यक्रमबाट जिउँदो माछा पसलमा सहयोग गरेको सञ्चालक नवलराज रौतारले बताउनुभयो । माछा जोनले पोखरी सञ्चालनका लागि सहयोग गरेको उहाँले बताउनुभयो ।

विहीबार एक कार्यक्रमका बीच जिउँदो माछा पसलको वाणगंगा नगरपालिकाका नगर कार्यपालिका सदस्य योगनाथ सुनार, माछा जोनका सचिव कृष्ण प्रसाद भट्टराई, माछा जोनका अधिकृत पृथ्वीराज लामिछाने, प्राविधिक कृष्ण खनाल लगायतको उपस्थितीमा उद्घाटन गरिएको थियो ।

जिउँदो माछा पसल सञ्चालन गर्नुभएका परशुराम रौतारले राजापानीमै राजापानी फेमली होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दैै आउनुभएको छ ।

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  ८ : ५२ बजे