१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढी कोरोना संक्रमित फेला



काठमाडौं ।
साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ३२३ जना संक्रमित भएका छन् । योसँगै संक्रमितको संख्या ८५ लाख ७० हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ ।

३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शुक्रबार बिहानसम्म १ लाख ८५ हजार २३५ जनाको मृत्यु भएको छ ।

२२ लाख ६८ हजार १३६ जना संक्रमित भएकोमा १२ लाख १९ हजार १३३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ५० हजार ३७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २६ लाख १० हजार १३० पुगेको छ । त्यसमध्ये ११ लाख ५१ हजार १८० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४५ हजार ४५५ जनाको मृत्यु भएको छ । १७ लाख ७५ हजार ३०२ जना संक्रमित भएकोमा ११ लाख १४ हजार ५२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६६ हजार ९२४ जनाको मृत्यु भएको छ । १६ लाख २८ हजार १५६ जना संक्रमित भएकोमा ८ लाख ८६ हजार ३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ७ हजार ४५० जनाको ज्यान गएको छ भने २ लाख ७८ हजार ६७७ संक्रमित छन् । संक्रमितमध्ये १ लाख २८ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ९ हजार ५ जना संक्रमित भएकोमा ८ हजार ४६६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  ७ : ३४ बजे