७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

कपिलवस्तुको सिद्धार्थ क्याम्पसले पायो क्यूएए मान्यता



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको सिद्धार्थ क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तर (क्यूएए) मान्यता पाएको छ । विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने यो मान्यता पाउन क्याम्पस विगत बर्षदेखि संघर्षरत थियो ।

पटक पटकका प्रयास र आयोगले भनेका मापदण्ड पूरा गरेपछि क्याम्पसले क्यूएए मान्यता पाएको हो ।

आयोगले एक पत्र सार्वजनिक गर्दै यही ८ गते सोमबार भर्चुअल समारोहमा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र वितरण गर्ने जनाएको छ ।

कोरोना भाइरसले निम्ताएको लकडाउनका कारण भर्चुअल समारोहबाट क्याम्पसलाई आयोगले क्यूएए मान्यताको प्रमाण पत्र वितरण गर्न लागेको हो ।

Image may contain: text

यो मान्यता सिद्धार्थ क्याम्पससहित धादिङको निलकण्ठ बहुमुखी क्याम्पस र रुपन्देहीको शहिद नारायण पोख्रेल क्याम्पसले पनि प्राप्त गरेको विश्व विद्यालय अनुदान आयोगले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस

सिद्धार्थ क्याम्पस क्यूएए प्रक्रियाको अन्तिममा

सिद्धार्थ क्याम्पस क्यूएए प्रमाणिकरणको नजिक, तेश्रो चरणको रिभ्यूमा विश्वविद्यालय टोली

फर्कियो विज्ञ टोली, सिद्धार्थ क्याम्पसले पाउला त क्यूएएको मान्यता ?

प्रविधियुक्त बन्दै सिद्धार्थ क्याम्पस

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  ६ : २६ बजे