९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगंगाको नयाँ कार्यक्रमः स्थानीय पाठ्यक्रममा ‘बौद्ध शिक्षा र नगर प्रहरी’



मायादेवी अनलाइन, चार नम्बर ।
बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७७ । ०७८ मा २ वटा नयाँ कार्यक्रम ल्याउने भएको छ । असार १० गते प्रस्तुत हुने नीति र कार्यक्रमको लागि सुझाव संकलन गर्न विहिबार आयोजना गरिएको कार्यक्रममा नगरले सो कुराको जानकारी गराएको हो ।

अब आउने नीति र कार्यक्रममा विकास, स्वास्थ्य, शिक्षा, रोजगारी आदिलाई प्राथमिकता दिँदै स्थानीय पाठ्यक्रममा अनिबार्य बौद्ध शिक्षा समावेश गर्ने जनाइएको छ भने र नगर प्रहरी भर्तीको अवधारण पनि आएको छ । कपिलवस्तु भगवान् गौतम बुद्धले २९ बर्ष विताएको स्थान रहेको हुँदा बाणगंगाले बुद्ध सन्देश र बुद्ध दर्शनको माध्यमबाट जनतालाई असल बनाउने परिकल्पना अनुसार सो अवधारण आएको नगर उपप्रमुख चक्र अर्यालले बताउनु भयो । पाठ्यक्रममा बुद्धको जीवन दर्शन, इतिहास, उहाँका प्रेरक मार्गहरुलाई समावेश गरिने र त्यसको लागि छुट्टै शिक्षकका ब्यवस्थापन गर्ने जनाइएको छ ।

यस्तै नगरपालिकाले आगामी बर्षदेखि नगर प्रहरी पनि भर्ना गर्ने जनाएको छ । यो विषयलाई नीति र कार्यक्रममै समावेश गरी आवश्यक बजेट बिनियोजन हुने नगरले सुझाव संकलनको कार्यक्रममा बतायने ।

उप-प्रमुख अर्यालले कम्तिमा पनि ५० जना जति नगर प्रहरी भर्ती गरी बिभिन्न काममा लगनइने बताउनु भयो । कोरोना जस्त महाविपत्ति आउँदा र समाजमा कुनै विपत्ति आइलाग्ला तुरुन्त नगर प्रहरी उक्त स्थानमा खटिने गरी नगरले योजना बनाएको जानकारी दिनुभयो । यस कार्यक्रमलाई सबैले राम्रो मानेका छन् । नगर प्रहरी अघिल्ला बर्षबाटै आवश्यक भएको भए पनि अहिले नीति कार्यक्रममा पारिएको भन्दै सबैले प्रससा गरेका थिए ।

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  ८ : ०० बजे