७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

राष्ट्रिय बाणिज्य बैंक तौलिहवा १० दिन देखि बन्द हुँदा ग्राहक मर्कामा



मायादेवी अनलाइन, तौलिहवा ।
बैंकका मेनेजर कोरोना संक्रमित भए पछि १० दिन अघि देखि बन्द गरिएको राष्ट्रिय बाणिज्य बैंक तौलिहवा शाखा अझैसम्म नखुल्दा ग्राहकहरु मर्कामा परेका छन् ।

गत जेठ २५ गते बैंक मेनेजरमा कोरोना पुष्टी भएको थियो । सोही कारणले बाणिज्य बैंकको प्रदेश कार्यालय नेपालगञ्जले सूचना जारी गरी बैंक अनिश्चितकालका लागि बन्द गरेको थियो । चालु आर्थिक बर्षको अन्तिम महिनामा यसरी १० दिन बढी देखि बैंक बन्द गरिदा सरकारी, गैर सरकारी, ब्यापारी, सर्वसाधारण मर्कामा परेका छन् ।

सदरमुकाम तौलिहवामा रहेको सरकारी कार्यालयहरुको खाता यही बैंकमा छन । यस्तै उपभोक्ता समिति, बिभिन्न संघ संस्थाको खाता समेत यही बैंकमा छ । असार महिना धान रोप्ने सिजन हो । कृषकलाई यो सयममा बिउ, मल, सिंचाई, जोताई, मजदुरका लागि रकम चाहिने गर्छ ।

जिल्लाको सबै भन्दा बढी ग्राहक रहेको सदरमुकाम तौलिहवामा रहेको बाणिज्य बैंक लामो सयम देखि बन्द गरिदा कृषकहरु झन मर्कामा परको किसान संघका जिल्ला अध्यक्ष चुर्तुभुजमणि त्रिपाठीले बताए । ‘मेनेजरलाई कोरोना लागेकै कारण असारको बेला यसरी १० दिन बढी देखि बैंक बन्द गर्नू राम्रो कुरा होइन’ उनले भने ।

उनले सरोकारवाला निकायले चाडै बैंक खोल्ने प्रबन्ध मिलाउनु पर्ने माग गरे । बैंकमा रकम झिक्न आउने ग्राहकहरु दिनहुँ निराश बनेर फर्कने गरेका छन् । उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादीन कुर्मीले असारको महिनामा यसरी लामो सयम बैंक बन्द गर्दा धेरै ग्राहकहरु समस्यामा परेकोले बैंक चाडो खोल्नु पर्ने माग गरे ।

सेल्फ आइसोलेशनमा बैंकको भवनमा बसेका संक्रमित मेनेजरले बैंकको प्रदेश कार्यालयको निर्णय अनुसार बैंक बन्द भएको बताए । अझै आफ्नो र कर्मचारीहरुको स्वाब संकलन समेत नभएकाले बैंक कति दिन बन्द हुने हो आफुलाई थाहा नभएको बताए ।

लकडाउन कारण बैंक लामो सयम देखि बन्द थियो । प्रशासनको निर्णय अनुसार गत जेठ १८ देखि बैंक संचालनमा आएको थियो । त्यसको एक हप्ता पछि फेरी बैंक बन्द भएको हो ।

यो पनि पढ्नुहोस राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका म्यानेजरलाई कोरोना पुष्टि

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  ७ : ३३ बजे