मोरङ ।
मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसन उपचार केन्द्रबाट बिहीबार ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
उनीहरुलाई प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरे, नगरपालिका प्रमुख शिव ढकाल लगायतले पुष्प गुच्छासहित विदा गरेका थिए। डिस्चार्ज हुनेमा सुनसरीका १६, झापाका ११, मोरङका ९ र भोजपुरका ४ जना १५ देखि ४७ वर्ष उमेरका पुरुष रहेका छन्।
सो क्रममा मन्त्री घिमिरेले प्रदेश १ मा कोरोना नियन्त्रण हुँदै गएको दाबी गरेका थिए। कोभिड १९ लाई नियन्त्रणमा राख्न सफल हुँदै गएको बताएका मन्त्री घिमिरेले प्रदेशवासीलाई चाँडै सुखद खबर दिन तयारी सरकारको रहेको बताए।
प्रदेश १ मा आज ४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २ सय २४ पुगेको छ। त्यसैगरि, प्रदेशमा हालसम्म संक्रमितको संख्या ४ सय १६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा २९ जना, धरानको वीपी कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ष्ठान कोभिड १९ उपचार केन्द्रमा ८५ र सुन्दरहरैंचा नगरपालिकास्थित पूर्वाञ्चल विश्वविद्यालयको उपचार केन्द्रमा ७८ जना संक्रमित उपचाररत रहेका छन्।
प्रतिक्रिया