१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

तीन महिने शिशुसहित कपिलवस्तुमा थपिए १६ जना कोरोना संक्रमित



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा विहीबार १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका मायादेवी गाउँपालिका, शिवराज नगरपालिका र वाणगंगा नगरपालिकामा गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लाको भारतीय सीमावर्ती मायादेवी गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा वडा नं. का १८ देखि ३५ बर्ष उमेर समूहका ५ जना पुरुष रहेका छन् भने २५ बर्षीया एकजना महिला रहेकी छिन् ।

वडा नं. २ का ४० बर्षीय पुरुष र वडा नं. ८ का ३५ बर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

शिवराज नगरपालिकाका २ बालक, एक महिलासहित ७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा वडा नं. ७ का एक तीन महिने शिशुमा पनि कोरोना देखिएको छ । यस्तै सोही वडाका ९ बर्षीय बालकमा कोरोना देखिएको छ ।

वडा नं. ५ का २३ बर्षीय पुरुष, वडा नं. ९ का १० बर्षीय बालकसहित ३१ र ५० बर्षीय दुई पुरुष र ३८ बर्षीय एक जना महिलामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

वाणगंगा नगरपालिकाको वडा नं. २ का ३४ बर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको छ ।
विहीबार जिल्लामा १६ जना संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या ६ सय ७३ पुगेको छ ।

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  १२ : ३३ बजे