१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गण्डकी प्रदेशः मनाङमा पनि पुग्यो कोरोना



कास्की ।
गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशका चार जिल्लामा संक्रमण थपिएको हो । जस अनुसार मनाङमा पहिलो पटक संक्रमण देखिएको छ।

मनाङको चामे गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा संक्रमण देखिएको छ । आज भेटिएकामा नवलपरासी पूर्वका १८ जना रहेका छन् ।

त्यस्तै तनहुँका १२ जना र गोरखाका ११ जना रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ८९ पुगेको छ ।

प्रकाशित मिति : ४ असार २०७७ बिहिबार ००:००  ६ : ४९ बजे