६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मर्सीसाइड डर्बी खेलाउने रेफ्री तय



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र एभर्टनबीचको खेल माइक डिनले खेलाउने भएका छन् । प्रिमियर लिगको रेफ्री एसोसियसनले लिभरपुल र एभर्टनबीचको मर्सीसाइड डर्बी खेल माइकले खेलाउने जनाएको छ ।

गुडिसन पार्कमा हुने मर्सीसाइड डर्बी जुन २१ मा हुँदैछ । यस डर्बी खेल लिभरपुलका लागि महत्वपूर्ण हुनेछ । लिभरपुलले उपाधि जित्ने खेलको रुपमा यस खेललाई लिइएको छ । यस सिजन लिभरपुल लिगको उपाधि नजिक रहेको छ ।

म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको लिभरपुल ३० वर्षपछि लिग उपाधिको संघारमा रहेको हो । यदि बुधबार सिटीले आर्सनलसँग हार व्यहोरेमा र एभर्टनलाई पराजित गरेमा लिभरपुलले उपाधि जित्नेछ ।

त्यसअघि लिभरपुलले एक खेल घरेलु मैदानमा खेल्नेछ । गत मार्चबाट स्थगित लिग बुधबारबाट सुचारु हुँदैछ ।

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ६ : ०७ बजे