काठमाण्डौ ।
कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थालेपछि चीनको राजधानी बेइजिङमा १२ सयभन्दा धेरै उडान रद्द गरिएको छ । बेइजिङमा आज एकैदिन ३१ सहित गएको एक हप्तामै एक सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि बेइजिङका विमानस्थलमा आज उडान बन्द गरिएको बीबीसीले जनाएको छ ।
यस्तै बेइजिङका सबै शैक्षिक संस्था बन्द गर्नुको साथै खेल, पौडी पोखरी, जिमखानालगायत पनि बन्द छन् । नयाँ सङ्क्रमितको सम्बन्ध होलसेल खाद्य बजारसँग देखिएपछि राजधानी बेइजिङमा सतर्कता बढाइएको खबरमा उल्लेख छ ।
सङ्क्रमित बढेपछि मानिसहरुलाई बेइजिङ नछोड्न आग्रह गरिएको छ । जोखिम क्षेत्रका बासिन्दालाई यात्रामा प्रतिबन्ध लगाइएको छ । यस्तै चीनका अरु प्रान्तले बेइजिङबाट गएका यात्रुहरुलाई क्वरेण्टीनमा राखेका छन् । बेइजिङ शहरका प्रवक्ता जू हेजियानले राजधानी बेइजिङमा महामारीको अवस्था अत्यन्त गम्भीर रहेको चेतावनी दिएका छन् ।
३ असार २०७७ बुधबार ००:००
0
Shares
प्रतिक्रिया