मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा बुधबार थप १० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । जिल्लाका शिवराज, बुद्धभूमि र वाणगंगामा गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको नमुना परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
संक्रमित देखिनेहरुमा शिवराज नगरपालिकाका एक महिलासहित ४ जना रहेका छन् । जसमा नगरपालिकाको वडा नं. २ का १९ बर्षीय एक महिला, वडा नं. ४ का ४० बर्षीय, वडा नं. ८ का ४५ बर्षीय, वडा नं. ९ का ३१ बर्षीय गरी ३ जना पुरुष रहेका छन् ।
यस्तै बुद्धभूमि नगरपालिकामा १ जना महिलासहित ४ जनामा संक्रमण पुष्टि भएको छ। जसमा वडा नं. ७ का १९, २२, २६ बर्षीय तीन जना पुरुष रहेका छन् भने वडा नं. ८ की १८ बर्षीय एक महिला रहेकी छिन् ।
यसैगरी वाणगंगा नगरपालिकामा १ महिला र एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये वडा नं. ८ की ३१ बर्षीया महिला रहेकी छिन् भने वडा नं. ९ का ६० बर्षीय एकजना पुरुष रहेका छन् ।
बुधबार जिल्लामा १० जना नयाँ संक्रमित थपिएसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया