१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बर्दियामा थपिए ९ संक्रमित, जिल्लाभर १ सय १०



बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाका १ जनासहित जिल्लामा मंगलबार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या जिल्लामा १ सय १० पुगेको छ । भारतबाट रोजगारी गरेर घर फर्किएका क्वारेन्टाइमा बसिरहेका बर्दियाका ४ वटा पालिकाका गरी यो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।

सोमबार थपिएका मध्ये बढैयाताल गाउँपालिकाका ४ जना, मधुवन नगरपालिकाका ३ जना, राजापुर नगरपालिकाका १ जना तथा ठाकुरबाबा नगरपालिकाका १ जना छन् । स्वास्थ्य कार्यालयका अनुसार बढैयाताल गाउँपालिका वडा नम्बर २ का १८, २०, २४ तथा ३० वर्षीय पुरुष, मधुवन नगरपालिका वडा नम्बर २ का २८ वर्षीय पुरुष, वडा नम्बर ६ का १९ वर्षीय पुरुष तथा वडा नम्बर ७ का ३६ वर्षीय पुरुष रहेको जनाइएको छ ।

यस्तै राजापुर नगरपालिका १ का ३५ वर्षीय पुरुष तथा ठाकुरबाबा नगरपालिका २ का २० वर्षीय पुरुषमा पनि आज कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षण क्रममा ४ घण्टामा बाँकेको कोहोलपुरका १ जना र बर्दियाका ९ जना गरी १० जनाको कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि सोमबार एकै दिन बर्दियाका १६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमण देखिएका सबैलाई सम्बन्धित पालिकामा तयार पारिएको आइसोलेसन कक्षमा राखिने बताइएको छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ५ : ३९ बजे