६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

प्रदेश ५ मा खेलकुदको लागि १२ करोड ५० लाख, मुख्यमन्त्री रनिङ शिल्ड लगायतका कार्यक्रम



बुटवल ।

प्रदेश नम्बर ५ सरकारले खेलकुदका लागि कूल १२ करोड ५० लाख विनियोजन गरेको छ । खेलकदलाई निरोधात्मक स्वास्थ्य र उद्यमको रुपमा विकास गर्ने भन्दै खेलकुद पूर्वाधारको लागि बजेट छुट्याइएको छ ।

मुख्यमन्त्री रनिङ शिल्ड लगायत खेलकुद कार्यक्रमहरु सञ्चालन गर्न तथा निर्माणाधीन दुई रंगशालाका लागि उक्त बजेट विनियोज गरिएको उल्लेख छ ।

दुई रंगशालालाई प्राथमिकतामा राख्दै नयाँ आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ । निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजिरशिंह रंगशालालाई साफस्तरको रंगशालाका रुपमा निर्माण गर्ने भएको छ ।

यस्तै, रुकुम पूर्वमा उच्च हिमाली खेल संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनको सम्भाव्यता अध्ययन गर्न समेत बजेट बिनियोजन गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ८ : ५९ बजे