कास्की ।
गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का थप १८ जना संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या २२३ पुगेको छ । मंगलबार बिहान गण्डकीका पाँच जिल्लामा १८ जना नयाँ संक्रमित थपिएका हुन् । गण्डकी स्वास्थ्य निर्देशदालयका अनुसार नयाँ पुष्टी हुने संक्रमितमा गोरखाका १० जना, स्याङ्जाका चार जना, नवलपरासीका दुई जना, कास्कीका एक जना र बागलुङका एक जना रहेका छन् ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माका अनुसार गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षका पुरुष, ३१ वर्षका महिला र बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९, १८ वर्षका पुरुष, नवलपरासीको विनयत्रिवेणी गाउँपालिकाका १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १९ वर्षका पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
नयाँ संक्रमण पुष्टी भएका १८ जना सबै भारतबाट आई सिधै स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरु रहेको र नयाँ संक्रमित सबैलाई सम्बन्धित जिल्लामा स्थापना गरिएको आइसोलेसनमा ल्याउने काम भएको शर्माले बताउनु भयो ।
प्रतिक्रिया