काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख ३१ हजार ५४१ पुगेको छ । संक्रमितको संख्या ७८ लाख २३ हजार २८९ पुगिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हालसम्म विश्वका २१६ देशमा फैलिसकेको छ । चीनमा नियन्त्रणको अवस्थामा रहे पनि विश्वका अन्य देशमा भने यो संक्रमण तिव्र गतिमा फैलिरहेको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।
अमेरिकापछि सबैभन्दा धेरै ब्राजिल, रुस, भारत, चिली, मेक्सिकोमा कोरोनाको संक्रमण फैलिएको छ । लामो समयसम्म पनि सामाजिक दूरी कामय गर्दासमेत संक्रमण फैलिन नरोकिएपछि विश्वका अधिकांश देशले लकडाउन खुकुलो गर्दै गएका छन् । लकडाउन खुकुलो गरेपछि संक्रमण झन धेरै फैलिएको भन्दै यसमा पुनरविचार गर्न विश्व स्वास्थ्य संगठनले आग्रह गर्दै आएको छ ।
सुरुका दिनमा गर्मी मौसम सुरु भएपछि कोरोना संक्रमण आफैं कम हुने भनिए पनि विश्व स्वास्थ्य संगठले आफूसँग त्यस्तो कुनै प्रमाण नरहेको बताइसकेको छ । अमेरिकी उच्च स्वास्थ्य अधिकारी डा. एन्थोनी फाउचीले पनि सोही कुरा बताएका छन् ।
प्रतिक्रिया