११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

प्रदेश २ सरकारले ल्यायो ३ अर्ब ५६ करोडको बजेट



जनकपुर ।
प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७र०७८ का लागि लागि बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३ अर्ब ५६ करोड ९ लाखको बजेट सदनमा प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि यसअघि ल्याएको बजेटभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३८ अर्व ७२ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाखमध्ये चालू खर्चतर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पूँजीगत खर्च तर्फ ५३.६७ प्रतिशत अर्थात १७ अर्ब ९७ करोड ८२ लाख र वित्तीय व्यवस्था तर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको छ ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ७ : ४४ बजे