१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

विश्वभर ८० लाख नाघे कोरोना संक्रमित, मृत्यु हुने ४ लाख ३६ हजार नजिक



काठमाडौं ।
विश्वमा कोरोना सङ्क्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो एक दिनमा मात्रै विश्वमा एक लाख २३ हजार ६ सय ४५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै विश्वमा ४१ लाख ३३ हजार ८ सय ८० जनाले कोरोनालाई जितेका छन् भने ४ लाख ३५ हजार ८ सय ४० जनाको ज्यान गएको छ ।

अमेरिकामा २१ लाख ६२ हजार २ सय २८ जना सङ्क्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ८ लाख ७० हजार ५० जना उपचार पछि निको भएका छन् भने एक लाख १७ हजार ८ सय ५८ जनाको ज्यान गएको छ ।

यस्तै सङ्क्रमण धेरै भएको देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ८ लाख ६७ हजार ८ सय ८२ जना सङ्क्रमित भएका छन् । ब्राजिलमा ४ लाख ५३ हजार ५ सय ६८ जनाले कोरोनालाई जितेका छन् भने ४३ हजार ३ सय ८९ जनाको ज्यान गएको छ ।

यसैगरी रुसमा ५ लाख ३७ हजार २ सय १० जना सङ्क्रमित छन् भने ७ हजार ९१ जनाको ज्यान गएको छ । रुसमा २ लाख ४५ हजार ५ सय ८० जना निको भएका छन् ।

चौथो स्थानमा रहेको भारतमा सङ्क्रमितको संख्या ३ लाख ३२ हजार ७ सय ८३ पुगेको छ । भारतमा ९ हजार ५ सय २३ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  २ : १० बजे