१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बेइजिङमा कोरोना संक्रमित बढ्दै, बजार फेरि बन्द



एजेन्सी ।
चीनको राजधानी बेइजिङमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा देशभर भेटिएका ४९ मध्ये बेइजिङमा मात्रै ३६ जना संक्रमित भेटिएका छन् । बेइजिङका थोक बजारबाट फेरि संक्रमण फैलिरहेको घटना अघिल्लो साता नै सार्वजनिक भएको थियो ।

बेइजिङको हेडियान इलाकामा रहेको थोक बजारमा रहेका मानिसहरु संक्रमित रहेको पाइएपछि त्यहाँको बजार बन्द गरिएको छ । विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू वरपरका १० वटा क्षेत्रमा लकडाउन घोषणा गरिएको छ ।

संक्रमण भएरनभएको थाहा पाउन हजारौं मानिसहरुको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गत डिसेम्बरमा कोरोना महामारीको शुरुवात चीनबाटै भएको थियो । निरन्तरको प्रयासपछि चीनले महामारी लगभग नियन्त्रणमा लिएको दावी गरेको थियो । तर बेइजिङमा पछिल्लो सातादेखि फेरि संक्रमितहरु फेला पर्न थालेका हुन् ।

नियन्त्रणमा आएर पनि फेरि संक्रमण फैलिएपछि चीनमा कोरोनाको दोस्रो लहर सुरु भएको देखिएको छ। चीनमा हालसम्म ८४ हजार ३३५ जना संक्रमित भेटिएका छन् । भेटिएकामध्ये ४ हजार ६३८ जना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  ११ : १९ बजे