काठमाडौं ।
जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको खेलमा बायर लेभरकुजन र साल्केले बराबरी खेल्दै अंक बाँडेका छन् । साल्केको घेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।
खेलको ५१ औं मिनेटमा ड्यानिएल कालिगुएरीले पेनाल्टीमा गोल गर्दै साल्केलाई अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन सकेन । ८१औं मिनेटमा साल्केकै जुवान मिरन्डाले आत्मघाती गोल गरेपछि लेभरकुजनले खेल बराबरी गरेको हो ।
बराबरीपछि ३१ खेलबाट ५७ अंक जोडेको लेभरकुजन बोरुसिया मोन्चेनग्लाडबाकलाई १ अंकले पछि पार्दै चौथो स्थानमा उक्लेको छ । साल्के ३९ अंकसहित नवौं स्थानमा छ ।
बुण्डेसलिगाकै अर्को खेलमा अग्सवर्गले माइन्जलाई १-० ले पराजित गरेको छ ।
प्रतिक्रिया