एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको पहिलो खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बिल्बाओको मैदानमा एक गोलले पछि परेको स्थगित उल्टाएर एट्लेटिकोले बराबरी खेलेको हो ।
खेलको ३७ औं मिनेटमा इकर मुनियनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको ३९ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।
बिल्बाओविरुद्धको गोल कोस्टाले एट्लेटिको महिला टिमकी सदस्य भिर्जिनिया टोरेसिलालाई समर्पित गरेका थिए ।
स्पेनिस राष्ट्रिय टिमकी मिडफिल्डर समेत रहेको उनको गत मे महिनामा ब्रेन ट्युमरको शल्यक्रिया गरिएको छ ।
बिल्बाओसँगको बराबरीसँगै एट्लेटिकोले २८ खेलमा ४६ अंक जोडेको छ । एट्लेटिको लिगको छैटौं स्थानमा रहेको छ ।
३८ अंक जोडेको बिल्बाओ लिगको दशौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया