एजेन्सी ।
स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिडले सहज जित निकालेको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
अल्फ्रेडो डी स्टेफानो मैदानमा रियललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए ।
खेलको चौंथो मिनेटमा क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो । ३० औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बन्यो ।
त्यसपछि खेलको ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा पहिलो हाफमा रियल ३-० ले अघि रह्यो ।
दोस्रो हाफमा इबरले एक गोल फर्कायो । खेलको ६० औं मिनेटमा पेड्रोले सान्त्वना गोल फर्काएपनि टोलीको हार जोगाउन सकेनन् ।
जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ । र, उपाधि होड कायम राखेको छ ।
बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलले २८ खेलबाट ५९ अंक जोडेको छ । बार्सिलोनाको ६१ अंक रहेको छ ।
पराजित इबर २७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया