दाङ ।
दाङमा आइतबार एकैदिन ५६ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । बंगलाचुली गाउँपालिकामा मात्रै आइतबार एकैदिन ४५ संक्रमित थपिएका छन् । बंगलाचुली घर भएका एकजना भने प्यूठानको माण्डवीको क्वारेन्टिनमा बसेका व्यक्ति हुन । त्यो संगै उक्त गाउँपालिकामा मात्रै आइतबार ४५ जना संक्रमित फेला परेका छन् । योसँगै दाङको बंगलाचुलीमा मात्रै ६९ जनामा संक्रमण पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतवार गरिएको परीक्षणअनुसार तुलसीपुर उप महानगरपालिकामा वडा नं. १७ का १ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै दाङमा कोरोना भाइरसका संक्रमितको संख्या १५२ पुगेको छ । यसअघि जिल्लामा ९६ जना संक्रमित थिए । दाङमा हालसम्म १० जना उपचार पछि घर फर्किएका छन् ।
प्रतिक्रिया