९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगाले भन्योः नदीजन्य पदार्थको ठेक्का बन्द भयो, जसले चोर्छ जानकारी दिनुहोला



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले एक सूचना जारी गरी नदीजन्य पदार्थको ठेक्का बन्द भएको जनाएको छ ।

प्रारम्भिक वातावरणीय परिक्षणको प्रतिवेदनमा उल्लेख भए बमोजिम अबदेखि नगरक्षेत्र भित्रबाट कुनै पनि नदी, खोला तथा सार्वजनिकस्थलबाट नदीजन्य पदार्थको संकलन नगर्न नगराउन वाणगंगाले अनुरोध गरेको छ ।

यदी कसैले अनाधिकृत रुपमा नदीजन्य पदार्थको उत्खनन गरेको भए कानुन अनुसार कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । कसैले यसो गरेको थाहा पाउँदा वित्तिकै नगरमा खबर गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७ आइतबार ००:००  ९ : ०१ बजे