मायादेवी अनलाइन, कपिलवस्तु ।
एन आई सी एसिया बैङ्कमा डायमण्ड खाता खोलेका कपिलवस्तु बाणगंगाका दुई जनाले उपचार वापतको रकम पाएका छन् ।
बैङ्कको न्यू सुपर चामत्कारिक खाता योजना अन्तर्गत जितपुर शाखाबाट केही महिना अघि खाता खोलेका वाणगंगा-३ की निर्मलादेवी चौधरी र वाणगंगा-११ की सरस्वता आचार्यले मेडिकल इन्सुरेन्स दाबी वापतको रकम पाएका हुन् ।
आचार्यले बीमा वापतको ४ हजार ८ सय १९ रुपैयाँ पाउनुभएको छ भने चौधरीले १३ हजार ८ सय ६५ बराबरको रकम पाउनुभएको हो ।
रकम पाए पछि दुवै खुसी हुँदै बैङ्कको खाता योजना साँच्चै न्यू सुपर चामत्कारिक रहेको बताउनु भएको थियो ।
बैङ्कका जितपुर शाखा प्रमुख अर्जुन तिमिल्सिना लगायतले एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गर्नुभएको थियो । बैङ्ले मुलुकका धेरै स्थानमा यस्ता योजनाका विमा दाबी कर्तालाई लाखौँ रकम दिइसकेको छ ।
प्रतिक्रिया