१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ब्राजिलः एकै दिन थपिए २४ हजार कोरोनाका नयाँ संक्रमित



काठमाडौं ।
कोरोना भाइरसको महामारीले ब्राजिलमा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८४३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ हजार ९०१ पुगेको छ ।

एकै दिन २४ हजार २५३ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख २९ हजार ९०२ पुगेको छ । ३ लाख ९१ हजार ३०९ जनाको उपचार भइरहेकोमा ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ८ : ३३ बजे