१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोना महामारीः विश्वभर ३९ लाखभन्दा बढीले कोरोनालाई जिते



काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३९ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन् । शनिबार बिहानसम्म पछिल्लो २४ घण्टामा विश्वभर ८३ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किएका छन् ।

शुक्रबार विहानसम्म ३८ लाख ३३ हजार मानिस संक्रमणमुक्त भएकोमा शनिबार विहानसम्म ३९ लाख १६ हजार ४८९ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ५९० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख २७ हजार ६७६ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७७ लाख २४ हजार ६१५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ३९ हजार ५१६ जना नयाँ संक्रमित थपिएका छन् ।

३३ लाख ८० हजार ४५० जनाको उपचार भइरहेको छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा शनिबार बिहानसम्म १ लाख ८२ हजार ६७ जनाको मृत्यु भएको छ ।

२१ लाख ७३ हजार ५७८ जना संक्रमित भएकोमा ११ लाख ४७ हजार ८३४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४२ हजार ८०९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख १९ हजार ७६२ पुगेको छ । त्यसमध्ये १० लाख २९ हजार २६५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३८ हजार ७३७ जनाको मृत्यु भएको छ । १५ लाख ३८ हजार ६६५ जना संक्रमित भएकोमा ९ लाख ३५ हजार ७८ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५७ हजार ८४४ जनाको मृत्यु भएको छ । १३ लाख ५५ हजार ३७९ जना संक्रमित भएकोमा ६ लाख ९० हजार १९८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ८० जनाको ज्यान गएको छ भने २ लाख २७ हजार ६०९ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ५ हजार ९२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९०१ जना संक्रमित भएकोमा ८ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७ शनिबार ००:००  ८ : १७ बजे