एजेन्सी ।
वेस्ट इन्डिजका कप्तान जसन होल्डरले पैसाकै लागि टोली इंग्ल्यान्ड नपुगेको प्रतिक्रिया दिएका छन् । उनले बीबीसीसँग कुरा गर्दै यस्तो अवस्थामा मानसिक रूपमा भए पनि स्थिति सामान्य गर्न इंग्ल्यान्ड टुरमा रहेको बताए ।
उनले भने, “हामीले दुस्साहस गर्दै पैसाका लागि यो निर्णय लिएका होइनौं । स्थिति सामान्य गर्न टुरलाई स्वीकारेका हौं । यो सिरिज पहिले नै प्रस्तावित थियो । र यसले परिस्थितिलाई सामान्य गर्न मद्दत मिल्नेछ ।”
उनले आफूलाई पनि स्वास्थ्यको चिन्ता भएको र सुरक्षाको दृष्टिकोणबाट टोलीको स्वास्थ्यका लागि उचित प्रबन्ध हुनुपर्ने बताए । खेलकुद गतिविधि कम भइरहेका बेला स्थिति सामान्य गर्न भए पनि प्रतियोगिता खेल्ने प्रयास गर्नु जरुरी रहेको उनको भनाइ छ ।
इंग्ल्यान्ड र वेस्टइन्डिजबीच तीन टेस्ट खेलको तय भएको छ । सिरिज जुलाईबाट सुरु हुनेछ । तर, वेस्टइन्डिज टोली भने इंग्ल्यान्ड पुगिसकेको छ । वेस्टइन्डिज टोलीले इंग्ल्यान्डमा तीन साता प्रशिक्षण गर्नेछ । त्यसपछि सुरु हुने टेस्टको पहिलो खेल ८ जुलाईबाट सुरु हुनेछ । त्यस्तै दोस्रो खेल १६ र अन्तिम खेल २४ जुलाईबाट सुरु हुनेछ ।
खेलका दौरान भने दर्शकलाई मैदानमा आउने अनुमति दिइएको छैन् । प्रतियोगिता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ । आईसीसीले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई ध्यानमा राख्दै केही नियम परिवर्तन गरेको छ ।
प्रतिक्रिया