बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा थप एक जना पुरूषमा कोरोना पुष्टि भएको छ । शीतगंगा नगरपालिकाको वडा नं. १ सुवर्णखाल महेन्द्र आधारभुत बिद्यालयको क्वारेन्टाईनमा बसेका १९ बर्षीय पुरूषमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ अधिकृत पुष्पा थापामगरले जानकारी दिनु भयो ।
उनी भारतको हरियाणाबाट जेठ ८ गते नेपाल आएका थिए । स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पुगेपछि आरडिटी जाँच गर्दा पोजेटिभ आएपछि जेठ २२ गते पिसिआर परिक्षणका लागि स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको थियो । स्वाब पठाएको आठ दिन पछि रिपोर्ट आएको वडा अध्यक्ष बुद्धिकृष्ण पोडेलले बताउनु भयो ।
शुक्रबार बिहान आएको जिल्लाको पिसिआर रिपोर्टमा १ जनाको पोजेटिभ र अन्य २८ जनाको नेगेटिभ रिपोर्ट आएको छ । यो सगै अर्घाखाँचीमा संक्रमितको संख्या ३८ पुगेको छ । बिद्यालयको क्वारेन्टाइनको एउटै कोठामा अन्य २८ जना संक्रमित पुरूष सगै बस्दै आएका थिए ।
संक्रमित पुरूषलाई सन्धिखर्कको हटारीमा आईसोलेसनमा ल्याउने तयारी भैरहेको छ । जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।
प्रतिक्रिया