एजेन्सी ।
ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० हजार ९ सय २० पुगेको छ । ब्राजिलको नेशनल काउन्सिल अफ हेल्थको तथ्यांक अनुसार देशमा कोरोना संक्रमितको संख्या ८ लाख २ हजार भन्दा धेरै रहेको छ ।बितेको चौबिस घण्टामा मात्रै ब्राजिलमा कोरोना संक्रमणका कारण १२४० भन्दा धेरैको मृत्यु भएको छ भने ३० हजार ४ सय भन्दा धेरै संक्रमित फेला परेका छन् ।
ब्राजिलमा सबैभन्दा धेरै मृत्यु साओ पाओलोमा भएको छ, जहाँ अहिलेसम्म १०१४५ मानिसको मृत्यु भएको छ । यसका सथै रियो दि जेनेरियोमा अहिलेसम्म ७ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ३ लाख ४५ हजार संक्रमित निको भएका छन् ।
प्रतिक्रिया