एजेन्सी ।
बायर्न म्युनिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आइनट्राख्ट फ्रान्कफर्टलाई २–१ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
बायर्नको जितका लागि इभान पेरिसिस र रोवर्ट लेवान्डोस्कीले एक–एक गोल गरे । फ्रान्कफर्टका लागि ड्यानी डी कोस्टाले एक गोल फर्काएका थिए ।
खेलको १४औं मिनेटमा पेरिसिसले गोल गर्दै बायर्नले अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको बायर्नले दोस्रो हाफमा थप एक गोल गर्दै एक गोल खान पुगेको थियो । ६९औं मिनेटमा फ्रान्कफर्टका कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
७४औं मिनेटमा स्टार स्ट्राइकर लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ को जित दिलाए । यस जितसँगै बायर्नले उपाधिका लागि चिरपरिचित प्रतिद्धन्द्धी बायर लिभरकुसनसँग खेल्नेछ । खेल बर्निलस्थित ओलम्पियास्टाडिओन मैदानमा ४ जुलाईमा हुनेछ ।
प्रतिक्रिया