६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

विश्वकपको निर्णय अर्को महिना



एजेन्सी ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियामा हुने तय भएको टी–ट्वान्टी विश्वकपको निर्णय अर्को महिना गर्ने भएको छ । आईसीसी बोर्डको बुधबार बसेको भर्चुअल बैठकले टी–ट्वान्टी विश्वकपको निर्णय अर्को महिनासम्मका लागि सारेको छ ।

विश्वपकको आयोजना अक्टुबर १८ देखि नोभेम्बर १५ सम्म अस्ट्रेलियामा हुने तय भएको छ । आईसीसीले बोर्डले पुरुष विश्वकप २०२० र महिला विश्वकप २०२१ को निर्णयका लागि एक महिना सारेको हो ।

बोर्डले बदलिँदो कोरोना भाइरसका कारण सार्वजनिक स्वास्थ्य स्थितिको आकलन र मूल्याङ्कन जारी राख्ने बताएको छ । जसका लागि सरकारसहित प्रमुख अधिकारीसँग काम गर्ने जनाएको छ । यसले सबै स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै प्रतियोगिता कसरी आयोजना गर्न सकिन्छ भन्ने सोच्न सहज हुने बताइएको छ ।

आईसीसीका प्रमुख कार्यकारी मनु साहनीले बोर्ड बैठकपछि भने, “टी–ट्वान्टी विश्वकपको विषयमा निर्णय लिन अझै एक महिना समय छ । यो बैठकको सही निर्णय पनि हो । हामी आफ्ना सदस्य, प्रसारक, साझेदार, सरकार र खेलाडीसँग सल्लाह लिइरहनेछौं । जसले उचित फैसला लिन सहज होस् ।”

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ५ : ०२ बजे