९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोना भाइरसः ४ लाख १८ हजारको मृत्यु, ३७ लाख २५ हजारभन्दा बढी निको भए



एजेन्सी ।
५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ ।

विहिबार बिहानसम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १८ हजार १३७ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७४ लाख ४६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार ५९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७४ लाख ४६ हजार ११७ पुगेको छ ।

३३ लाख २ हजार ३२१ जनाको उपचार भइरहेकोमा ५३ हजार ८१२ जनाको अवस्था गम्भीर छ । ३७ लाख २५ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८० हजार ९४१ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३९ हजार ६३६ जनाको मृत्यु भएको छ । यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ८१ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकी मुलुकहरुमा ५४ हजार ६२३ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा ५ हजार ७१७ जनाको ज्यान गएको छ । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ०९ बजे