एजेन्सी ।
बार्सिलोनाका मुख्य प्रशिक्षक सेटेनले आफ्ना सुपरस्टार कप्तान लियोनल मेस्सी मालोर्काको सामना गर्न तयार रहेको बताएका छन् । प्रशिक्षक सेटेनले कप्तान मेस्सीको फिटनेसलाई लिएर प्रतिक्रिया दिँदै मालोर्काविरुद्ध खेल्न तयार रहेको बताएका हुन् ।
कोरोना भाइरसपछि प्रशिक्षणमा फर्किएको बार्सिलोनाको टोलीमा मेस्सी समावेश थिएनन् । उनी सोमबारदेखि टोलीको समूहिक प्रशिक्षणमा फर्किएका थिए । बार्सिलोनाले शनिबार मालोर्काविरुद्ध खेल्दै तीन महिनाको कोरोना भाइरस महामारीको ब्रेकपछि पुनः ला लिगाको सुरुवात गर्नेछ ।
“मेस्सी मालोर्काको सामना गर्न तयार छन्,” सेटेनले एक रेडियो अन्तरर्वातामा भने, “उनी मालोर्काविरुद्ध उपस्थित हुनेमा कुनै शंका छैन । उनीसँग चोटपटको समस्या भएका अन्य व्यक्तिहरू पनि थिए । तर, मेस्सीले सावधानीपूर्वक प्रशिक्षण सुरु गरे ।”
यस्तै लुइस सुआरेज पनि सिजनका अन्तिम ११ खेल बार्सिलोनाका लागि खेल्न तयार रहेको उनले घोषणा गरेका छन् । सुआरेजले जनवरीमा घुँडामा चोट बोकेका थिए । त्यसपछि उनको दाहिने घुँडाको शल्यक्रिया थियो ।
प्रतिक्रिया