मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित ६ सय नाघेका छन । स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार साँझ दिएको जानकारी अनुसार जिल्लामा संक्रमितको संख्या ६ सय १६ पुगेको हो ।
पछिल्लो २४ घण्टाको अवधिमा जिल्लामा ५० जना संक्रमित थपिएको कार्यालयले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी यशोधरा गाउँपालिकामा १ सय ७९ जना कोरोना संक्रमित रहेका छन ।
जिल्लामा दोस्रो प्रभावित स्थानीय तह महाराजगञ्ज नगरपालिका परेको छ । महाराजगञ्जमा १ सय १८ जना संक्रमित रहेका छन । कृष्णनगर नगरापलिकाकामा ७१ जना, शिवराज नगरपालिकामा ५७ जना, मायादेवी गाउँपालिकामा ५३ जना, शुद्धोधन गाउँपालिकामा ३३ जना संक्रमित भेटिएका छन ।
यस्तै कपिलवस्तु नगरपालिकामा ३० जना, बुद्धभूमि नगरपालिकामा २९ जना, वाणगंगा नगरपालिकामा २३ जना र विजयनगर गाउँपालिकामा सबैभन्दा बम २२ जना संक्रमित भेटिएका छन ।
जिल्लाका १० वटै स्थानीय तहमा गरी ७ सय ४४ बेडको आइसोलेसन सेन्टर बनाइएको छ । जसमा ३ सय ५३ जना उपचाररत छन भने ४७ जना बाहिरी जिल्लाको आइसोलेसनमा छन । अहिलेसम्म २ सय १६ जना डिस्चार्ज भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय पठाएको निर्देशिका अनुसार कोरोना संक्रमित डिस्चार्ज हुने बढेका हुन् । कोरोनाको कुनै लक्षण नदेखिएका संक्रमितलाई घरमै रहेको आइसोलेसनमा बस्ने गरी पठाउन मन्त्रालयले सबै स्थानीय तहमा परिपत्र गरेको छ ।
प्रतिक्रिया