एजेन्सी ।
बुन्डेस लिगा क्लब आरबी आइपेजिगका फरवार्ड टिमो वार्नरलाई अनुबन्धका लागि प्रिमियर लिग क्लब चेल्सी र लिभरपुल अग्रसर देखिएका छन् । वार्नरलाई अनुबन्ध गर्ने कुरामा लिभरपुल भने चेल्सीभन्दा अघि देखिएको छ ।
२४ वर्षीय जर्मनका खेलाडी पछिल्लो समय लिभरपुलसँग पनि जोडिएका छन् । लिभरपुलसँग अनुबन्धमा वार्नर अनिच्छुक देखिएपछि चेल्सीले अनुबन्ध गर्न लागेको हो । वार्नरले यस सिजन मात्र लिगमा २५ गोल गरेका छन् ।
उनको उत्कृष्ट प्रदर्शनको आधार मान्दै प्रिमियर लिग क्लबहरू पछिल्लो समय आकर्षित देखिएका हुन् । जर्मनीका लागि २९ खेलमा वार्नरले ११ गोल गरेका छन् । ईपीएलमा उत्कृष्ट गोलरक्षकका रूपमा रहेका पाउलो रोविनसन र लिभरपुलका जुर्गेन क्लोपले वार्नरलाई अनुबन्ध नगरे पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
“क्लोपमा धेरै ठूलो क्षमता छ । क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्न सक्ने । उनलाई ठूलै खेलाडीको आवश्यकता छजस्तो मलाई लाग्दैन । उनलाई एक–दुईवटा राम्रो खेलाडीको आवश्यक छ । उनलाई वार्नर नै आवश्यक छ भन्ने छैन,” रोविनसनले भने ।
प्रतिक्रिया