एजेन्सी ।
पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार स्ट्राइकर केलियन एम्बाप्पे विश्वकै महँगो खेलाडीको शीर्ष स्थानमा छन् । इन्टरनेस्नल सेन्टर फर स्पोर्ट्स स्टडिज (सीआईईएस) ले गरेको अनुसन्धानमा एमबाप्पे शीर्ष स्थानमा परेका हुन् ।
सीआईईएसले दुई वर्षीय सूचीमा युरोपेली शीर्ष पाँच लिग– इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रान्सेली लिग वानका फुटबलर खेलाडी समावेश गरेको थियो । एमबाप्पेको मूल्य २५९ दशमलव २ मिलियन युरो छ । म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ १९४ दशमलव ७ मिलियन युरोसहित दोस्रो स्थानमा छन् ।
जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा खेलाडी जाडोन सान्चो १७९ दशमलव एक मिलियन युरोसहित तेस्रो स्थानमा छन् । बार्सिलोनाका कप्तान तथा सुपरस्टार खेलाडी लियोनल मेस्सी १०० दशमलव एक मिलियन युरोसहित सूचीको २१औं स्थानमा छन् । उनका दशकौंदेखिका प्रतिद्वन्द्वी युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ६२ दशमलव ८ मिलियन युरोसहित ७०औं स्थानमा छन् ।
लिभरपुलका ट्रेन्ट एलेकजान्दर चौथो, म्याचेस्टर युनाइटेडका माक्युस रासफोर्ड पाँचौं, लिभरपुलका मोहम्मद सालाह छैटौं, लिभरपुलकै साडिओ माने सातौं, बार्सिलोनाका एन्टोनी ग्रिजमन आठौं, बायर्न म्युनिखका अल्फोन्से डेभिज नवौं र टोटनह्यामका ह्यारी केन दशौं स्थानमा छन् ।
प्रतिक्रिया