मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलबार जिल्लाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा शिवराज नगरपालिकाका ७ जना रहेका छन भने यशोधरा गाउँपालिकाका १ जना रहेका छन ।
शिवराज नगरपालिकाको वडा नं. १ का १८ बर्षीय पुरुष, वडा नं. ९ की १२ बर्षीया महिला, वडा नं. १० की ४८ बर्षीया महिला, सोहि वडाका ४९ बर्षीय पुरुष, वडा नं. ११ का १८ बर्षीया महिला, १७ र ३५ बर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । मंगलबार १२ जना संक्रमित थपिएसंगै शिवराज नगरपालिकामा कोरोना संक्रमतिको संख्या ५५ पुगेको छ ।
यता जिल्लामा सबैभन्दा बढी कोरोना प्रभावित यशोधरा गाउँपालिकामा थप एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी वडा नं. ६ का ३८ बर्षीय रहेका छन । योसंगै यशोधरा गाउँपालिकामा कुल संक्रमितको संख्या १ सय ५२ पुगेको छ ।
यसैबीच जिल्लाका १० वटै स्थानीय तहमा गरेर कोरोना संक्रमितको संख्या ५ सय ६६ पुगेको छ ।
प्रतिक्रिया