७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

कपिलवस्तुबाट औषधि किन्न भारत, सशस्त्रले लाठि हानेको भन्दै घेराउ



मायादेवी अनलाइन, चार नम्बर ।
लकडाउनको बेला औषधि किन्न भारत पुगेको भन्दै सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलले एक महिलालाई लखेटेको छ ।

कोरोना महामारीको बेला नेपाल–भारत आउजाउँ गरेको भन्दै कपिलवस्तुमा सशस्त्र प्रहरीले महिलालाई लखेटेको हो ।

जिल्लाको शुद्धोधन गाउँपलिका वडा नं. ५ शिबालावमा यस्तो भएको हो । स्थानीय लक्ष्मी धोवी औषधि लिनका लागि भारत पुगेकी थिइन । अनुमति लिएर भारत गएको उनको दाबी छ ।

तर, उनलाई सशस्त्रले कुटपिट गरेको भन्दै गाउँले सशस्त्र प्रहरीमाथि खनिएका छन । सशस्त्र प्रहरीले ज्यादथी गरेको भन्दै सोमबार दिउँसो गाउँलेहरु आन्दोलनमा उत्रिएका थिए ।

आफुलाई मनपर्नेलाई वारीपारी गर्न दिने, मन नपर्नेलाई कुटपिट गर्ने सशस्त्रको नियतको ठिक नभएको गाउँलेले आरोप लगाएका छन ।

सशस्त्रलाई सच्चिन आग्रह गर्दै गाउँलेले प्रर्दशन गरेको नेकपाका नेता नेता लाला चौधरीले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७ मंगलबार ००:००  ७ : १० बजे