७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

राष्ट्रिय बाणिज्य बैंक तौलिहवा शाखा अनिश्चितकालका लागि बन्द



मायादेवी अनलाइन, चार नम्बर ।
बैंकका म्यानेजरलाई कोरोना संक्रमण देखिएपछि तौलिहवास्थित राष्ट्रिय बाणिज्य बैंक अनिश्चितकालका लागि बन्द गरिएको छ ।

आइतबार बैंकका म्यानेजरमा कोरोना संक्रमण पुष्टी भएको थियो । बैंकको ५ नम्बर प्रादेशिक कार्यालयले सुचना जारी गरी अर्को सुचना जारी नभएसम्मका लागि बैंकको सबै कारोवार बन्द गरिएको जनाएको छ ।

यसबाट ग्राहक बर्गमा पर्न जाने मर्का प्रति बैंकले क्षमा समेत मागेको छ । लामो समयको लकडाउन पछि गत जेठ १८ गते देखि हप्ताको ६ दिन बैक संचालन हुँदै आएको थियो ।

लकडाउन त्यसमा पनि खेती किसानीको बेला बैंक अनिश्चितकालका लागि बन्द भएपछि ग्राहकहरु मर्कामा परेका छन । जिल्लाको सबैभन्दा बढी ग्राहक यही बैंकमा छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७ मंगलबार ००:००  ६ : ०६ बजे